Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

जेबि खड्का
गौरादह, २३ पुस २०७९ । गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। पञ्चेश्वर देवालय मन्दिरमा सम्पन्न साधारणसभामा समितिका अध्यक्ष बाबुराम भण्डारीले खानेपानीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भण्डारीले यस संस्थाले गौरादह नगरपालिकाको वडा नं.१, २ र ३ भित्रका ३ हजार ५ सय घरधुरीमा खानेपानी वितरण गरिएको र वडा नं ४, ९ र कमल गाउँपालिकाको केही क्षेत्रमा पानी वितरणको लागि प्रस्ताव पेश गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए। अध्यक्षको प्रतिवेदनमा संघीय सरकारको सहलगानीमा दिर्घकालिन आयोजनाको प्रारम्भिक चरणको काम भइरहेकाले कार्य सम्पन्न भएपछि उपभोक्ताहरुमा खानेपानी वितरणमा थप सहजता हुने बताएका छन् । सहलगानी अनुसार ७० प्रतिशत संघीय सरकार र ३० प्रतिशत खानेपानी संस्थाले बेहोर्ने बताएका छन्।

गौरादह खानेपानीकि कोषाध्यक्ष शान्ता दाहालले संस्थाले १ करोड २० लाख ३४ हजार ६ सय ९२ आम्दानी गरेको र ८४ लाख १६ हजार १ सय ६ खर्च भएको र ३६ लाख १८ हजार ५ सय ९० बचत रहेको प्रतिवेदन प्रस्तुत गरेकि थिइन्। कुल पुँजीकोष २ करोड ८५ लाख ६६ हजार ३ सय ४७ रहेको संस्थाले ६ करोड ३५ लाख ९६ हजार १ सय ३२ बराबरको कुल कारोवार गरेको संस्थाकि लेखापाल सरस्वती खत्रीले जानकारी गराईन् । संस्थाको १४औं साधारणसभा नयाँ कार्यसमिति चयनको साधारणसभा रहेकाले समितिको बैठकले चुनावी कार्यक्रम निर्धारण गर्ने जानकारी गराएका थिए ।

साधारणसभाका प्रमुख अतिथि संविधान सभा सदस्य दिपक कार्कीले कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन गर्दै कार्कीले गौरादह खानेपानीले नगर भित्रका नागरिकहरुलाई शुद्ध खानेपानी वितरण गरिरहेको बताएका थिए। खानेपानी डिभिजन कार्यालय झापाका प्रमुख विकास काफ्लेले खानेपानी संस्थाका समितिहरुले गरेको योगदानको प्रशंसा गर्दै जिल्ला भित्रका खानेपानी संस्थाहरुलाई सहयोग गर्न डिभिजन कार्यलय कटिबद्ध रहेको बताएका थिए। गौरादह नगरपालिका वडा नं १ र २ का वडाध्यक्षहरुले खानेपानी वितरण कार्यमा संस्थालाई स्थानीय सरकार सहयोग गर्न तयार रहेको बताएका थिए। संस्थाका उपाध्यक्ष नरेश कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव डण्डीराज घिमिरेले कार्यक्रमको सञ्चालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया