Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, ६ पौष २०७९ । गौरादह नगरपालिकाले सबै वडाहरुको समेत जमिन वर्गीकरण कार्य सम्पन्न गरेको छ ।

नगरपालिकाले स्थानीय भू-उपयोग परिषदबाट भू-उपयोग नियमावली २०७९ बमोजिमको कामकारवाही गर्न गराउँन आवस्यक समन्वय, सहयोग र सहजिकरण र कार्यन्वयनका लागि भू-उपयोग क्षेत्र वर्गीकरणको विवरण मालपोत कर्यलय दमक र नापी कार्यलय दमक झापामा मंसिर २१ गते नै बुझाइसकेको तथा कार्यन्वयनको लागि पठाएको हो।

गौरादहका सबै वडाको जमिनको वर्गीकरण गर्दा व्यवसायीक(शहरी) क्षेत्र र आवास क्षेत्र किटान गरेर निर्धारण गरिएको छ । अन्य क्षेत्रलाई कृषि, औधोगिक, खानी तथा खनिज, बनजंगल, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पूरातात्वीक महत्व, अन्य क्षेत्रहरुमा वर्गीकरण गरी भू-उपयोग योजनालाई अन्तिमरुप दिने निर्णय भएको उल्लेख गरिएको छ । सूचनामा नगरपालिकाका सबै वडाहरुको जग्गा वर्गीकरणको विवरणहरु अलग अलग उल्लेख गरिएको छ ।

गौरादह २ को जग्गा वर्गीकरण यस्तो छ :
वडा नं.२
(१) व्यावसायिक (शहरी) क्षेत्रः
– गौरादह वैगुनधुरा सडकको दक्षिण ५०० मिटर बजार क्षेत्र ।
– डिपु चोकबाट दक्षिण कृषि क्याम्पस सम्म बजार क्षेत्र ।
– हाँसखोरा चोक वरिपरि ५०० मिटर बजार क्षेत्र ।
(२) आवास क्षेत्रः
– गौरादह बैगुनधुरा सडक दक्षिण ५०० मिटर बजार क्षेत्र बाहेक अरु ५०० मिटर दक्षिण आवास क्षेत्र ।
– गौरादह – हसँसखोरा – दहलु – ठेकीटोला सडक वरिपरि पूर्व पश्चिम सडकको माझगाउँबाट नगरपालिकासम्म (कृषि क्याम्पस जाने सडक) ५०० मिटर आवस क्षेत्र ।
– भोजपुरे टोलबाट लोधावारी हुँदै ४० फिट चौडाईको रिङ्गरोड बनाउने र त्यसको वरिपरि ५०० मिटर आवस क्षेत्र ।
– मादल डाँगाबाट धिमधिमे सडक खण्डको दायाँ बायाँ २०० मिटर आवास क्षेत्र ।
– नगरपालिकाको कार्यालयको दक्षिण गेट बाट १ कि.मी. दक्षिण सम्म आवास क्षेत्र ।
– अन्य सडकको हकमा बस्ती विस्तारलाई ध्यान दिदै सडकको आसपासको २०० मिटरम क्षेत्र आवास क्षेत्र ।

अन्य क्षेत्रहरु लाई कृषि, औद्योगिक, खानी तथा खनिज, वनजङ्गल, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व, अन्य क्षेत्रहरुमा वर्गीकरण गरी भू–उपयोग योजनालाई अन्तिम रुप प्रदान गर्ने बताइएको छ।

तपाईको प्रतिक्रिया