Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, २ पौष २०७९ । गौरादह नगरपालिकाले सर्वाधिक चासोको जमिन वर्गीकरण कार्य सम्पन्न गरेको छ । नगरपालिकाले पौष १ गते शुक्रबार आफ्नो आधिकारिक वेबसाइटमा मंसिर २५ गतेको मितिमा प्रकाशित सूचनालाई सार्वजनिक गर्दै गौरादहका जमिनको वर्गीकरण भैसकेको बताएको छ ।

प्रकाशित सूचनाका आनुसार गौरादह नगरपालिकाले स्थानीय भू-उपयोग परिषदबाट भू-उपयोग नियमावली २०७९ बमोजिमको कामकारवाही गर्न गराउँन आवस्यक समन्वय, सहयोग र सहजिकरण र कार्यन्वयनका लागि भू-उपयोग क्षेत्र वर्गीकरणको विवरण मालपोत कर्यलय दमक र नापी कार्यलय दमक झापामा मंसिर २१ गते नै बुझाइसकेको छ ।

नगरपालिकाको नगरस्तरीय भू उपयोग परिषदबाट वर्गीकरण सम्बन्धिको प्रतिवेदन पारित भएपछि पारित प्रतिवेदन र कार्यपालिकाको निर्णयसहितको सम्पूर्ण विवरण मालपोत तथा नापी कार्यलयमा कार्यन्वयनको लागि पठाइएको हो।

सो सूचानामा जनाए अनुसार गौरादह क्षेत्रको जग्गा वर्गीकरणको गर्दा व्यवसायीक(शहरी) क्षेत्र र आवास क्षेत्र किटान गरेर निर्धारण गरिएको छ । अन्य क्षेत्रलाई कृषि, औधोगिक, खानी तथा खनिज, बनजंगल, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पूरातात्वीक महत्व, अन्य क्षेत्रहरुमा वर्गीकरण गरी भू-उपयोग योजनालाई अन्तिमरुप दिने निर्णय भएको उल्लेख गरिएको छ । सूचनामा नगरपालिकाका सबै वडाहरुको जग्गा वर्गीकरणको विवरणहरु अलग अलग उल्लेख गरिएको छ ।

नगरपालिकाको पत्र, नगरपालिकाको बिस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् vu upayog

तपाईको प्रतिक्रिया