Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, १ पुस २०७९ । नेपालबाट भारत तर्फ अवैध रुपमा भन्सार छली लाँदै गरेको अबैध सामान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले २ लाख भन्दा बढिको अवैध सामान सहित मानिसलाई नियन्त्रणमा लिएको हो ।

बिहिबार अन्दाजी ८ः३० बजेको समयमा झापाको मेचिनगर नगरपालिका५ काली मन्दिर छेउमा सोही ठाउँको वडा नं. ६ का पविन राजवंशीको छोरा ३० वर्षिय बाबुल राजवंशीले नेपाल बाट भारत तर्फ अबैध रुपमा भन्सार छली लादै गरेको २ लाखा ५० हजार मुल्य बराबरको नेपाली ढाकाको झोला ४ बोरा र पोते बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । आवश्यक कार्वाहीको लागी अवैध सामान र मानिसलाई नियन्त्रणमा लिई मेची भन्सार कार्यालय काकड्भिट्टामा बुझाइएको प्रवक्ता पाठकले बताउनृभयो ।

तपाईको प्रतिक्रिया