Online Bichar
बुधबार, आश्विन १७, २०८० | Wednesday, October 4, 2023

काठमाडौं, २८ मंसिर २०७९ । दशदिने नेपाल भ्रमणको लागि बलिउड अभिनेता विवेक ओबराय बुधबार बेलुका सपरिवार काठमाडौं आइपुगेका छन् । नेपाली व्यवसायी पुनम यादवको पहलमा आएका उनले पशुपतिनाथ मन्दिरको दर्शनसँगै नेपालका पर्यटकीय थलो घुम्ने कार्यक्रम छ ।

विहिबार विहान पशुपति दर्शनपछि चन्द्रागिरी घुम्ने र त्यसपछि जहाजबाट पोखरा जाने तालिका छ । प्याराग्लाइडिङ, बन्जीजम्प, जीप फलायर गर्दै पोखरा घुम्ने योजना छ । त्यसपछि उनी धौलागिरि हिमालको अवलोकन गर्न म्याग्दीको प्रसिद्ध घोरेपानी पुग्नेछन् । त्यहाँको छोटो पदयात्रापछि उनी पोखराबाट भैरहवा जानेछन् र लुम्बिनी दर्शन गर्नेछन् ।

बुद्ध थन्मथलो लुम्बिनीको तिलौराकोट भ्रमणपछि भैरहवामा आयोजना हुने मिट एण्ड ग्रीट कार्यक्रममा भाग लिनेछन् । सोही दिन काठमाडौं फर्किने उनी २४ डिसेम्बरमा भारत फर्कने कार्यक्रम छ । बुधबार बेलुका ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनलाई नेपालको राष्ट्रिय झण्डा प्रदान गरियो भने नेपाली ढाकाटोपी पनि लगाइयो । विमानस्थलमा मिडियासँग उनले नेपाल भ्रमणको उद्देश्यबारे संक्षिप्त कुराकानी गरे । उनले भने, ‘म यसअघि नेपाल आएको छैन । बुवाआमा कैंयनपटक आउनुभएको छ । मलाई पशुपतिनाथको दर्शन गर्नु थियो र बच्चाहरुलाई नेपाल देखाउनुथियो । नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध रहिआएको छ । मलाई लाग्छ, बच्चाहरुलाई पनि नेपाल देख्नुपर्छ र मैले पनि हेर्नुपर्छ । मलाई लुम्बिनी र पोखरा घुम्न मन छ ।’

तपाईको प्रतिक्रिया