Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २६ मंसिर २०७९ । जाजरकोटमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका–५ मा सोमबार अपराह्न ४ बजे भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छेडागाड–४ का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिनुभएको छ ।

वडा नम्बर ४ स्थित खातीजेवामा भएको विवाहको जन्ती बोकेको जिप भीरपाटीमा दुर्घटनामा परेको हो । जिप मध्यपहाडी लोकमार्गबाट करिब २ सय मिटर तल खसेको बताइएको छ ।

मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका–२ दैलेखका चालक मानबहादुर रावत, भगवतीमाई–३का सुरेन्द्र केसी, अम्मरबहादुर खड्का, छेडागाड –५ का जयकुमार बुढा, नैनसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मरबहादुर अधिकारी, २ वर्षीया बालिका निशा अधिकारी ।

दुर्घटनामा घाइते भएका अम्मर र बालिका निशाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । यस्तै, छेडागाड–६ का वीरबहादुर खत्री, रामबहादुर बुढाको पनि घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया