Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, २६ मंसिर २०७९ । साताको दोस्रो दिन सोमबार शेयर बजार मापक बढेको छ । नेप्से परिसूचक करिब १७ अंकले बढेको हो । साताको पहिलो दिन भने बजार घटेको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार १५८ कम्पनीका शेयरको मूल्य बढेको छ भने ४१ कम्पनीका शेयरको मूल्य बढेको छ । ४४ लाख ७० कित्ता शेयर १ अर्ब ३६ करोड रूपैयाँमा खरिद बिक्री भएका छन् ।

सोमबार समिट लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, नेपाल टेलिकमको शेयर मूल्य ७.४६ प्रतिशतले बढेको छ । सोमबार मूल्य धेरै घट्नेमा ग्लोबल आईएमई व्यालेन्स फण्ड १ को ९.९३ प्रतिशत र कुमारी धनबृद्धि योजनाको ५.७१ प्रतिशतले मूल्य घटेको छ ।

सबैभन्दा धेरै रकमको शेयर कारोबार भने नबिल बैंकको २१ करोड ३२ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । नबिल बैंकको शेयर प्रतिकित्ता ८१५ रूपैयाँमा कारोबार बन्द भएको छ । यस्तै, कुमारी बैंकको १० लाख ७७ हजार कित्ता प्रमोटर शेयरको पनि सोमबार कारोबार भएको छ ।

 

तपाईको प्रतिक्रिया