जेबि खड्का
गौरादह, २२ मंसिर २०७९ । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले कनकाई रतुवा क्षेत्र भित्रका १६ वटा सेवा केन्द्रको एकाइगत साधारणसभा एक साथ सम्पन्न गरेको छ। संस्थाको ३० औं बार्षिक साधारणसभा सम्पन्न गर्न यस क्षेत्रमा एकै साथ एकाइगत साधारणसभा सम्पन्न गरि प्रति सेवा केन्द्र ३ जनाका दरले प्रतिनिधि छनौट गरिएको संस्थाका गौरीगंज एकाई ब्यबस्थापक मनिषा कार्कीले जानकारी गराइन।
मेची नगरमा प्रधान कार्यलय रहेको संस्थाले हाल सम्ममा झापा, ईलाम, र मोरङ जिल्लामा ५८ वटा सेवा केन्द्र बिस्तार गरि सेयर सदस्यहरुलाई सेवा प्रदान गरिरहेको छ। संस्थामा हाल सम्म १ लाख ३५ हजार ७ सय १७ जना सेयर सदस्य रहेका छन। संस्थाले नागरिकहरुको सेवाका लागि दुघ डेरी, एकीकृत नमुना कृषि फार्म, सहकारी पसल, चिया व्यावसाय, सहकारी संस्थाहरु सँग एकीकरण गरिरहेको संस्थाका सदस्य डम्बरबहादुर बस्नेतले जानकारी गराए।कुल सेयर चुक्ता पुँजी १ अरव ३५ करोड ५८ लाख ९५ हजार रहेको संस्थाले १४ करोड ४५ लाख १७ हजार ९ सय ७२ खुद नाफा गरेको संस्थाका गौरादह-७ ग्वालडुब्बा एकाई ब्यबस्थापक भोलानाथ सुवेदीले जानकारी गराए। गौरादह-७ ग्वालडुब्बाको सामुदायिक भवनमा सम्पन्न एकाइगत साधारणसभामा संस्थाका शिक्षा तथा तालिम उपसमिति सदस्य घन्यिाम अधिकारीले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए।संस्थाको कनकाई रतुवा क्षेत्रका क्षेत्र प्रमुख कमल कट्टेलले लेखा तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए।
संस्थाका ग्वालडुब्बा एकाइका अध्यक्ष अमर बहादुर सुवेदीको सभापतित्वमा सम्पन्न साधारणसभामा वडा नं.७ का कार्यवाहक वडाध्यक्ष नारायण प्रसाद बिमली प्रमुख अतिथि रहेका थिए। त्यसै गरि शिवालय मन्दिर सभाहलमा भएको गौरीगंज सेवा केन्द्रको एकाइगत साधारणसभामा संस्थाका सदस्य डम्बर बहादुर बस्नेतले संस्थाको बार्षिक प्रगति प्रतिबेदन सार्वजनिक गरेका थिए। संस्थाका कर्पोरेट सदस्य धनेन्द्र तिवारीले लेखा तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए।






