Online Bichar
बुधबार, बैशाख २६, २०८१ | Wednesday, May 8, 2024

काठमाडौं, ३ मंसिर । सेमिफाइनलमै रोकियो नेपालको यात्रा, भारतसँग १–० ले पराजित । गुवाहाटी रंगशालामा आइतबार भएको खेलमा भारतको मनिपुरले नेपालको सिएमजी भेट्रान क्लबलाई १–० गोलले हरायो ।

अघिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल सेमिफाइनलमा त्यति जम्न सकेन ।

नेपालले समूह चरणको पहिलो खेलमा भारतको डिमापुरलाई २–१ गोलले हराएको थियो । दोस्रो खेलमा मेट्रो आसामलाई गोलरहित बराबरीमा रोकेको नेपालले तेस्रो खेलमा आसामलाई १–० गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।

भारतको युनाइटेड ब्रदर्स क्लबले आयोजना गरेको प्रतियोगितामा आठ टोलीले भाग लिएका थिए ।

तपाईको प्रतिक्रिया