Online Bichar
शुक्रबार, बैशाख १८, २०८३ | Friday, May 1, 2026

नवलपरासी, ८ मंसिर २०७९ । नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौँथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी हुनुभएको छ ।

निकै प्रतिस्प्रर्धाबीच कोइराला दुई हजार ८२ मत अन्तरले विजयी हुनुभएको हो । गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा ९एमाले०का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो ।त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमको पक्षमा २३ हजार तीन सय एक मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया