Online Bichar
बिहिबार, माघ ०३, २०८१ | Thursday, January 16, 2025

झापा, ७ मंसिर २०७९ । झापा क्षेत्र नं. ५(१) मा प्रदेश सभा सदस्य नेकपा एमालेका उम्मेदवार हिक्मत कुमार कार्कीले ४ हजार ७ सय १७ मत प्राप्त गर्दै अघि बढिरहनु भएको छ । कूल ११ हजार २ सय ५७ मतगणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार जीवन कुमार राईले ४ हजार ४ सय ७६ मत प्राप्त गर्नुभएको छ । कार्की र राई बिच २४१ को मतान्तर रहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५५४ मत बदर भएको छ ।

यस्तै, २ मा एमालेका होमबहादुर थापाले ६ हजार ६ सय २२ मत प्राप्त गर्नुभएको छ भने, माओवादी केन्द्रका रेवतराज ९गगन० पुरीले ४ हजार ८ सय ३५ मत प्राप्त गर्नुभएको छ । कूल १४ हजार ४ सय ५७ मतगणना गर्दा ६२२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नं. ५(१) मा प्रदेश सभा सदस्यका लागि अहिले गौरादह नगरपालिका४ को भिमसेन माध्यमिक विद्यालय मजुवा(क), जनता आधारभुत विद्यालय, किस्तिचौन(क), गौरादह नगरपालिका८ को वैराती आ.वि वैराती(क) र गौरीगंज गाउँपालिका४ को सरस्वती आधारभुत विद्यालय कदमगाछी(ग) को मतगणना भैरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया