Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

झापा, ५ मंसिर २०७९ । झापाको क्षेत्र नं. २ मा ११६०९ मतगणना हुँदा नेकपा एमालेका देबराज घिमिरेले अग्रता कायम राख्नु भएको छ । घिमिरेले ३९७० मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट साझा उम्मेद्वार बनेका हरिकुमार रानाले २३२४ मत प्राप्त गर्नुभएको छ । घिमिरेले रानालाई १६४६ मतले पछि पार्नुभएको हो ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले ३२५०, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रुद्रप्रसाद गिरीले ९४६ मत प्राप्त गरेका छन् । क्षेत्र नं. २ मा १ लाख ३४ हजार ९१ मतदाता रहेकोमा ८७ हजार ७ सय २३ ले मतदान गरेका थिए । कुल ११६०९ मतगणना हुँदा ६४५ मत बदर भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया