Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

एजेन्सी, ३ मंसिर २०७९ । इजरायलको गाजापट्टीको एक आवासीय भवनमा आगलागी हुँदा २१ जना सर्वसाधारणहरुको मृत्यु भएको छ ।

उत्तरी गाजापट्टीमा रहेको शरणार्थी शिविरस्थित ४ तले भवनमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । गाजाको आन्तरिक मन्त्रालयले सोही क्षेत्रमा ठूलो मात्रामा पेट्रोल भण्डारण गरिएको दावी गरेको छ । आगलागीको मुख्य कारण पनि त्यहि रहेको अधिकारीहरुले बताएका छन् । आगो लाग्न सुरु भए लगत्तै अग्नी नियन्त्रकहरू सोही घटनास्थलमा पुगे पनि उक्त भवनमा रहेका सर्वसाधारणहरूको उद्धार गर्न नसकेको अधिकारीहरूले बताएका छन् । करिब डेढ घण्टा लगाएर आगो नियन्त्रणमा लिएपनि सोही भवनमा रहेका सबैको मृत्यु भएको जनाइएको छ ।

आगलागी भएको समयमा परिवारका कतिपय सदस्यहरू कामको खोजीमा अन्यत्र रहेकाले ठूलो मानवीय क्षति भने हुन नपाएको त्यहाँका अधिकारीहरूले बताएका छन् । आगलागीमा परेर मृत्यु भएकाहरूको शुक्रबारको प्रार्थनापछि सामूहिक रुपमा अन्त्येष्टि गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अग्नी नियन्त्रकहरूले भने प्रयाप्त सामग्री नहुँदा पीडितहरूलाई बचाउन नसकेको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया