Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

ढल्केवर, ३ मंसिर २०७९। धनुषाको महेन्द्रनगरस्थित एभरेष्ट पेपर मिलमा मेसिनको बेल्टमा अल्झिएर एक मजदुरको मृत्यु भएको छ । शनिबार बिहान पेपर मिलमा परालको भुसा ओसार्ने क्रममा मेसिनको बेल्टमा अल्झिएर क्षीरेश्वरनाथ नगरपालिका–९ औराहाका ३७ वर्षीय गौरीप्रसाद श्रेष्ठको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले भुसा ओसार्ने क्रममा मेसिनमा अल्झिएर मजदुर श्रेष्ठको मृत्यु भएको बताउनुभयो ।

उहाँले घटनास्थलको मुचुल्का उठाई शव परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।गोरखापत्र अनलाइनबाट

 

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments