Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

एजेन्सी, २९ कार्तिक २०७९ । विश्वको जनसंख्या ८ अर्ब पुगेको एक तथ्यांकले देखाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वको जनसंख्या नोभेम्बर १५ अर्थात् आजसम्म ८ अर्ब पुगेको हो ।

११ वर्षमै विश्वको जनसंख्या एक अर्ब थप भएको हो। २० औं शताब्दीको मध्यपछि विश्वको जनसंख्या तीव्र गतिमा बढेकोमा अहिले भने वृद्धिदर सुस्त हुँदै गएको तथ्यांकमा उल्लेख छ । संयुक्त राष्ट्रसंघको आंकलन अनुसार विश्वको जनसंख्या ९ अर्ब पुग्नका लागि अबको १५ वर्षसम्मको समय लाग्ने अनुमान गरिएको छ ।

विश्वको जनसंख्याको यकिन तथ्यांक थाहा पाउन निकै कठिन रहेको भन्दै संयुक्त राष्ट्रसंघले आफ्नो आँकलनमा एक वा दुई वर्ष यताउता हुन सक्ने जनाएको छ । इजिप्टमा जारी जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरुको २७ सम्मेलन, कोप-२७ कै क्रममा जलवायु संकटबाट विश्वका ८ अर्ब मानिसलाई जोगाउनका लागि तत्काल काम गर्नुपर्ने अबको पुस्ताको गम्भीर चुनौतीका रूपमा जलवायु परिवर्तन र त्यसले निम्त्याउँदै गएका जोखिमहरू रहेको खुलासा गरेको थियो ।

 

तपाईको प्रतिक्रिया