Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौं, २४ कार्तिक २०७९ । धितोपत्र बोर्डले मर्जर सम्बन्धी निर्देशिका जारी गरेको छ । अब मर्ज हुँदा बढीमा १५ दिन मात्र शेयर कारोबार रोक्का हुने भएको छ । साथै, यस अघि मर्जरमा गएका कम्पनीको शेयर कारोबार तत्काल सुचालु गर्नुपर्ने भएको छ ।

बोर्डले आजै देखि लागूहुने गरी जारी गरेको “धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९” यस्तो व्यवस्था गरिएको हो ।

निर्देशिका अनुसार निर्देशिका प्रारम्भ हुनु अघि गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा रहेका कारण शेयर कारोवार रोक्का रहेका संगठित संस्थाको आधारभूत शेयरधनी बाहेक अन्य शेयरधनीको शेयर कारोवार फुकुवा गर्नुपर्नेछ ।

 

तपाईको प्रतिक्रिया