Online Bichar
सोमबार, मंसिर १९, २०७९
Monday, December 5, 2022

२३ कार्तिक २०७९ । दक्षिण कोरियामा कोभिड-१९ का सङ्क्रमितहरुको सङ्ख्या बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीअनुसार गएको २४ घन्टा यता यहाँ ६२ हजारजना भन्दा बढी सङ्क्रमित भेटिएका छन् ।

यहाँ गएको २४ घन्टा यता ६२ हजार चार सय ७२ जना सङ्क्रमित थपिएका छन् । अघिल्लो दिन अर्थात् सोमबार यहाँ ६२ हजार दुई सय ७३ जना रहकामा मङ्गलबार ती सङ्क्रमित थपिएका हुन् ।

यहाँ कोभिड महामारी सुरु भएयता दुई करोड ५९ लाख ८१ हजारजना भन्दा बढी सङक्रमित भेटिएका समाचारमा जनाइएको छ । यहाँको रोग नियन्त्रण तथा निवारण निकायका अनुसार अघिल्लो हप्ताका तुलनामा मङ्गलबार सङ्क्रमित बढेका छन् ।अघिल्लो हप्तामा यहाँ बढीमा ५४ हजारमा मात्र संक्रमण देखिएको थियो ।

यहाँ पछिल्लो दिनमा ५९ जनाको यही सङ्क्रमणबाट ज्यान गएको छ । दक्षिण कोरियामा अहिलेसम्म कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २९ हजार चार सयभन्दा बढी रहेको बताइएको छ ।एजेन्सी

 

तपाईको प्रतिक्रिया