Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

कालीकोट, २२ कात्तिक २०७९ । डोटी केन्द्रबिन्दु भएर मंगलबार राति ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको छ।

राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि आइतबार राति ताप्लेजुङ केन्द्र भएर ५ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको थियो।

कालीकोटसहित सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ ।

कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले तीनदेखि चार सेकेण्डसम्म भूकम्पको महसुस भएको जानकारी दिनुभयो । भूकम्पले क्षति गरेको विवरण भने आइनसकेको उहाँको भनाइ छ ।गोरखापत्र अनलाइनबाट साभार

 

 

तपाईको प्रतिक्रिया