Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, १५ कार्तिक २०७९ । नेपाली कथानक चलचित्र महापुरुष एकदमै राम्रो फिल्म बनेको छ । एकल अभिभावकको एक्लोपनको कथा समेटिएको महापुरुष देशभर कार्तिक ११ गते देखि प्रदर्शनमा आएको हो ।

प्रदीप भट्टराईको लेखन र निर्देशन रहेको फिल्ममा हाँस्य कलाकार ‘मह’ जोडी हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोलालगायतको अभिनय रहेको छ ।
सामाजिक विषयवस्तुमा आधारित चलचित्रमा एकल बुवाले आफ्नो सन्तानको खुशिको लागि गरेको त्याग र सन्तानले पनि आफ्नो बुवालाई कसरी सम्मान र खुशी दिन सकिन्छ भन्ने कुरा महापुरुषमा देख्न सकिन्छ । चलचित्रमा नायक अरुणले विज्ञानको भूमिका निर्वाह गरेका छन्। उनी चलचित्रमा हरिवंशका कान्छा छोरा बनेका छन् ।

यस्तै, महापुरुषको समूहले प्रेस सो अन्तर्गत आज(मंगलबार) १४ जना सञ्चारकर्मीहरुलाई दमक मलमा रहेको D-MAX सिनेमा हलमा फिल्म हेर्ने अवसर जुराएको थियो । षट्कोण आर्ट्स प्रालिको ब्यानरबाट निर्माण भएको चलचित्रमा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन्। दीपक बज्राचार्यको छायांकन रहेको चलचित्रलाई मित्र डि.गुरुङले सम्पादन गरेका हुन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ्ग भर्सेस टुल्के, जात्रा र जात्रैजात्रा फिल्म निर्माण गरेको थियो।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

 

 

तपाईको प्रतिक्रिया