जेबि खड्का
गौरादह, ५ कार्तिक २०७९ । गौरादह-७ मा रहेको जुरोपानी बहुउद्देश्यीय सहकारी संस्थाले २३ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ। दुर्गा सामुदायिक भवन ग्वालडुब्बामा सम्पन्न साधारणसभामा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति मान बहादुर घिमिरेले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए।
अध्यक्षद्वारा प्रस्तुत प्रतिबेदनमा सदस्य स्वास्थ्य उपचार, आकस्मिक उपचार कर्जा, औषधि उपचार कर्जा, लघु औधोगिक कर्जा, संचालक जमानत कर्जा, बिशेष ब्यापार कर्जा, ब्यापारीक कर्जा, कृषि, पशु, मत्स्य पालन तथा कृषि औजार कर्जा, शेयर तथा आवधिक बचत धितो कर्जा, कर्मचारी आवास कर्जा, बैदेशिक रोजगार कर्जा, शैक्षिक कर्जा लगायतका सेवाहरु समेटिएका छन। संस्थाको कुल कारोबार गत आर्थिक बर्षमा १५ करोड ४१ लाख १८ हजार १ सय ९२ रहेको लेखा समिति संयोजक राजेन्द्र कुमार सुवेदीले जानकारी गराए।
संस्थाको गत आर्थिक बर्षमा १ करोड ७९ लाख २७ हजार ७ सय ६९ आम्दानी र १ करोड ३४ लाख ४७ हजार ७६ खर्च भएको र ४४ लाख ८० हजार ६ सय ९३ नाफा रहेको कोषाध्यक्ष पुर्ण बहादुर डाँगीको प्रतिबेदनमा उल्लेख भएको छ।साधारणसभाको अवसरमा दुई पुरुष र दुई महिला गरि ४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो। सेयर सदस्यका छोराछोरीहरु मध्ये गत बर्षको एस.ई.ई मा उत्कृष्ट अंक २ जना बिद्यार्थीलाई पुरस्कृत गरिएको थियो।
त्यस अवसरमा संस्थामा उत्कृष्ट कारोबार गर्ने १५ जना,असल ऋणी १५ जना आजिवन बचत गर्ने ३ जनालाई पुरस्कृत गरिएको थियो। गौरादह नगरपालिका र गौरीगंज गाउँपालिकालाई कार्यक्षेत्र बनाएर सेवा दिइरहेको संस्थामा हालसम्म २ हजार ८ सय ९७ सेयर सदस्य रहेको संस्थाका मुख्य व्यवस्थापक कुमार चापागाईंले बताए । संस्थाका अध्यक्ष घिमिरेको सभापतित्वमा सम्पन्न साधारणसभामा पुर्ब अध्यक्षहरु अमर बहादुर बिष्ट, अमरदास सिवाकोटी, समाजसेवी प्रेम दंगाल लगायतले शुभकामना मन्तब्य राखेका थिए। उपाध्यक्ष अरुण शाहले स्वागत मन्तब्य राखेको कार्यक्रममा सचिब सूर्य भक्त सिटौलाले कार्यक्रम संचालन गरेका थिए।