Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

गौरादह, ५ कार्तिक २०७९ । गौरादह दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गौरादह नगरपालिकाको वडा नं.१ को सभाहलमा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति धर्मराज विष्टले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा मलखाद, बिउबिजन, विषादी सम्बन्धि संस्थाले कारोबार गरेको प्रतिवदेनमा उल्लेख भएको छ । मलखाद तर्पm डि.ए.पी., युरिया, पोटास र कृषि चुन, बिउबिजन तर्फ हर्दिनाथ, रंजित, सर्ना, मन्सुली, बासमती धानका साथै घाँस, तोरी, मकै लगायतका बिउबिजनहरु ख्रिद गरी किसानहरुलाई वितरण गरेको अध्यक्षले प्रस्तुत गरेको प्रतिवदेनमा उल्लेख गरिएको छ ।

संस्थाका कोषाध्यक्ष रिता कट्वालद्वारा प्रस्तुत प्रतिवेदनमा संस्थाले ३८ लाख ७६ हजार ५ सय ८६ बराबरको कुल कारोबार गरेको उल्लेख भएको छ । संस्थाले १५ लाख ७७ हजार ८० रुपैयाँ बराबरको सामग्री खरिद गरेको उल्लेख भएको छ । साधारण सभामा संस्थाका पूर्व अध्यक्ष नर बहादुर अधिकारी, शुभलक्ष्मी सहकारीका पूर्व अध्यक्ष टंक प्रसाद अधिकारी, नमुना सहकारीका अध्यक्ष नारायण घिमिरे, सामुदायीक कृषि सहकारीका अध्यक्ष तारा प्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष नगेन्द्र घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थाका सचिव हरि प्रसाईंले कार्यक्रम संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया