Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, २ मंसिर । सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएका छन् । औपचारिक कार्यक्रममा जाँदा चढ्ने, औपचारिक रुपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तयारी छ । २०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको एक अधिकारीले बताएका छन् । राष्ट्रपति चढ्ने गाडी बाटैमा रोकिएको र सुरक्षामा समेत समस्या देखिन थालेको भन्दै नयाँ किन्न लागिएको समाचार अन्नपूर्ण पोस्ट्को पहिलो पृष्ठमा समाचार छ ।

दुईतिहाइ बहुमतको सरकारलार्ई चुनौती दिन प्रतिपक्षी दल चुस्त र गतिशील हुनुपर्ने हो । तर कांग्रेसको चाल त्यस्तो छैन । पछिल्लो समय त उसलाई केन्द्रीय समिति बैठक बस्नै हम्मे परिरहेको छ । २१ असोजको बैठकमा सहमहामन्त्री डा। प्रकाशशरण महतले नेविसंघमा ३२ वर्षे उमेरहद लागू गर्ने प्रस्ताव ल्याए । त्यसपछि केही नेताहरुले ‘नोट अफ डिसेन्ट’ लेखे । नेताहरु बीच २५ असोजमा बोलाएको बैठक स्थगन गरियो । त्यसपछि मंसिर १ गते बस्ने भनिएको बैठक नेविसंघको प्रर्दशनले बस्न नसकेको समाचार पनि छ ।

त्यस्तै साल्ट ट्रेडिङले मात्र बिक्री गर्न पाउने भानु नुन बाजुरा सदरमुकाममा डिपोका कर्मचारीले व्यापारीसँग कमिसन लिएर नुन बिक्री गरिरहेका छन् । अनुदानको नुनमा कालोबजारी भन्ने शीर्षकमा समाचार छ ।

तपाईको प्रतिक्रिया