Online Bichar
सोमबार, मंसिर १९, २०७९
Monday, December 5, 2022

काठमाडौं, १ कार्तिक २०७९ । भारतको प्रधानन्यायाधीशमा धनञ्जय चन्द्रचुद नियुक्त हुनुभएको छ ।

भारतीय सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश चन्द्रचुदलाई राष्ट्रपति द्रौपदी मुर्मूले भारतको ५०औं प्रधानन्यायधीशमा नियुक्त गर्नुभएको हो । प्रधानन्यायधीश उदय उमेश ललितले उमेर हदका कारण अवकाश पाउने भएपछि चन्द्रचुदलाई प्रधानन्यायधीशमा नियुक्त गरिएको हो ।

उहाँले आगामी नोभेम्बर ९ देखि मात्र कार्यभार सम्हाल्नु हुने भएको छ । उहाँको कार्यकाल २ वर्षको रहने छ । पछिल्लो समयमा उहाँ सबै भन्दा लामो कार्यकालसम्म प्रधानन्यायधीश बन्नुहुनेछ ।

चन्द्रचुद भारतको १६औँ प्रधानन्यायाधीश यशवन्त विष्णु चन्द्रचुदका छोरा समेत हुनुुहुन्छ ।

 

तपाईको प्रतिक्रिया