Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

पत्रपत्रिकाबाट

काठमाडौं, २ कात्तिक ।  हिजो मात्र हो, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित बाटोमा भेटें ।

नभेटेकै पनि धेरै भईसकेको थियो ।

उहाँलाई अक्सर साईकल चढेर हिँडिरहेको देख्थेँ । तर, हिजो उहाँ गाडीमा सवार हुनुभएको रहेछ

अगाडि उहाँको गाडी, पछाडि परिवारको अर्को गाडी । दुईपाङ्ग्रे साईकलमा हिँड्ने मान्छेलाई अचानक दुइटा गाडीमा हिँडेको देखेपछि जो पनि छक्क परिहाल्छन् । म पनि परेँ ।

ओहो मन्त्रीज्यु, आजचाहिँ गाडीमा ? मैले सोधिहालेँ ।

हो त, हे हे हे, उहाले संक्षिप्त उत्तर दिनुभयो समृद्धिको फल हो ।

समृद्धि ? कस्तो समृद्धि मन्त्रीज्यु ? मैले कुरा बुझिँन । उहाँले भन्नुभयो प्रधानमन्त्रीज्युले सधैँभरि समृद्धिको कुरा गर्नुहुन्थ्यो नि । त्यसैको नतिजा हो यो । वास्तवमा समृद्धि भनेको के हो भन्ने देखाउन मैले यो गाडी लिएको हुँ ।, आजको नेपाल साप्ताहिकमा यो खबर छ ।

तपाईको प्रतिक्रिया