Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

जेबि खड्का
गौरादह, २८ असोज २०७९ । नमस्ते बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन निर्मल बास्तोला सर्वसम्मत चयन भएका छन। संस्थाको १४ औ बार्षिक साधारणसभाले बास्तोलाको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक पर्शुराम भट्टराईले जानकारी गराए।

नव गठित समितिको उपाध्यक्षमा पुन्य सिग्देल, सचिबमा बिजय बराल, र सदस्यहरुमा कर्ण देबकोटा, भगवती बराल, यज्ञ प्रसाद खनाल, उत्तम कुमार दास, अमर बहादुर खत्री,पार्वता देबि भट्टराई, हरी कार्की, सिमला कुमारी खड्गी रहेका छन। साधारणसभाले भक्ति प्रसाद ढुङगानाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरेको छ। समितिका सदस्यहरुमा टीका रिजाल र कमल प्रसाद खतिवडा रहेको निर्वाचन समिति सदस्य मान बहादुर कार्कीले जानकारी गराएका छन।

झापाको बिर्तामोडमा संचालनमा रहेको सेवा केन्द्रको एकाईगत साधारणसभा सम्पन्न गरि संस्थाको प्रधान कार्यलय गौरादहमा १४ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थामा हाल सम्म २ हजार ४३ जना सेयर सदस्य रहेको र कार्यक्षेत्र झापा जिल्ला रहेको संस्थाका ब्यबस्थापक ददिराम घिमिरेले जानकारी गराएका छन। बार्षिक साधारणसभामा संस्थाका अध्यक्ष निर्मल बास्तोलाले सुत्केरी खर्च तथा स्वस्थ्य शिविर, पारिवारिक राहत कोष, उपचार खर्च, समाजिक संघ संस्थामा आर्थिक सहयोग, सुरक्षा व्यवस्था, बिधुतिय प्रबिधिमय सहकारी, विप्रेषण सेवा, सेवा केन्द्र बिस्तार लगायतका सेवा समेटिएको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए।

संस्थाका लेखा समिति संयोजक कबिन्द्र राज सेढाईले संस्थाले १५ करोड ७२ लाख ९७ हजार ८ सय ८ रुपैया कुल कारोवार गरेको प्रतिबेदन प्रस्तुत गरेका थिए। प्रतिबेदनमा संस्थाले गत आर्थिक बर्षमा २ करोड २ लाख ८३ हजार ७ सय ३५ आम्दानी र १ करोड ९५ लाख ७० हजार ४ सय ७२ खर्च गरेको उल्लेख गरिएको छ। साधारणसभाको अवसरमा उत्कृष्ट ऋणी-८ जना, उत्कृष्ट ग्रिन कार्ड ऋणि २ जना, बाल बचत-९ जना, उत्कृष्ट बचत कर्ता-९ जना, आवधिक बचत कर्ता-२ जना, जन निर्वाचित सेयर सदस्य-८ जना, गत बर्षको एस ई ई मा उत्कृष्ट अंक ल्याउने-२ जना र कक्षा-१२ मा उत्कृष्ट अंक ल्याउने-२ र जेष्ठ सेयर सदस्य-१ जनालाई सम्मान गरिएको थियो।

सोही अवसरमा संचालक समिति सदस्य लक्ष्मी देबि बि.क. र कर्मचारी ददिराम घिमिरेलाई सम्मान गरिएको थियो।संस्थाका अध्यक्ष निर्मल बास्तोलाको सभापतित्वमा सम्पन्न साधारणसभामा जेष्ठ सेयर सदस्य पुष्पलाल फुयल प्रमुख अतिथि रहेका थिए। समापन कार्यक्रममा वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भण्डारी, वडा नं.७ का वडाध्यक्ष बलराम खरेल, सेयर सदस्य रुकमणी घिमिरे लगायतले शुभकामना मन्तब्य राखेका थिए। उपाध्यक्ष पुन्य सिग्देलले स्वागत मन्तब्य राखेको कार्यक्रममा सदस्य कर्ण देबकोटाले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया