Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १० असोज २०७९ । फिलिपिन्समा नोरु समुद्री आँधी प्रभावितहरुको उद्धारका क्रममा ४ जना उद्धारकर्ताको मृत्यु भएको छ ।

२ सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा आईरहेको आँधीले लुजोन क्षेत्रलाई अस्तब्यस्त बनाएको छ । बुलाकान प्रान्तको सानमिगल जिल्लामा ५ जना उद्धारकर्मी वेपत्ता भएको र ४ जनाको शव भेटिएको जनाइएको छ ।

राजधानी मनिलामा पनि आँधीले ब्यापक क्षति पुर्याएको छ । आँधीको बाटोमा पर्ने क्षेत्रबाट ७४ हजार मानिसलाई अन्य स्थानमा सारिएको छ । फिलिपन्सिको ११ करोड जनसंख्या मध्ये ५० प्रतिशत नोरु आँधीको चपेटामा परेको जनाइएको छ ।आँधीका कारण सोमबार स्टक मार्केट समेत बन्द गरिएको छ ।

औद्योगिक प्रतिष्ठानहरुलाई सचेत रहन भनिएको छ । हजारौं सुरक्षाकर्मी तथा स्वयंसेवकहरुलाई नदी किनार, पुल तथा संवेदनशील क्षेत्रहरुमा खटाइएको छ । ७ हजार समुद्री टापुहरु रहेको फिलिपिन्स बारम्बार समुद्री आँधीको चपेटामा पर्ने देश हो ।

 

तपाईको प्रतिक्रिया