Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

 

काठमाडौं, ३० कात्तिक ।  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद मानिएका ४ जनाको डीएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले शंकास्पद ४ जनाको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । जुन निर्मलाको ‘भजाइनल स्वाव’सँग मेल नखाएको हो ।

प्रकरणका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक ९डीएसपी० कृष्णराज ओझाले शंकास्पद ४ जनाको डीएनए म्याच नभएको पुष्टि गरे ।
यो पनि पढ्नुहोस निर्मलाका हत्याराको खोजीः बाटोमा जसलाई भेट्यो, उहीमाथि शंका १

‘हामीले सरकारी वकिलको रोहवरमा डीएनए खोलेका थियौं’, उनले अनलाइनखबरसँग भने, ‘तर, मेल खाएन ।’

शंकास्पद चार जनै स्थानीय हुन् । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।
यो पनि पढ्नुहोस निर्मला हत्याकाण्डः ‘भजाइनल स्वाब’ सक्कली त हो ?

यसअघि कञ्चनपुर प्रहरी अघिल्लो नेतृत्वले स्थानीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो । तर, उनको डीएनए पनि निर्मलाको भजाइनल स्वावसँग मेल खाएको थिएन ।

त्यसयता, तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट ९हाल बर्खास्त०, उनका छोरा किरण, भिमदत्त नगरपालिकाका मेयरका भतिजा आयुष विष्ट र चक्र बडुको समेत डीएनए परीक्षण गरिएको थियो । तर, सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

उता, निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी भने न्यायको माग गर्दै धर्ना बसेका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि उनीहरु धर्ना बसेका हुन् ।
यो पनि पढ्नुहोस धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ महिना वितिसकेको छ तर, अझैसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । बरु घटनामा अनुसन्धान अधिकारीले कमजोरी गरेको भन्दै प्रहरी अधिकारीहरुलाई निलम्बन गरिएको छ ।

तपाईको प्रतिक्रिया