Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

३०, कार्तिक । आगामी विश्वकप फुटबलको आयोजक कतारले आयोजनास्थलको सुरक्षाका लागि कुनै सहयोग नमागेको नेपाल प्रहरीले स्पष्ट पारेको छ ।

प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालको कतार भ्रमणका क्रममा विश्वकप आयोजकले नेपाल प्रहरीसँग आयोजनास्थलको सुरक्षाका लागि ठुलो संख्यामा सहयोग माग गरेको समाचार आईरहेको बेला प्रहरीले सो सत्य नभएको बताएको हो । कतारले आयोजनास्थलको सुरक्षाका लागि नभई टेक्निकल र मेडिकल सर्पोटका लागि मात्र सहयोग माग गरेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी प्रबक्ता एसएसपी उत्तमराज सुवेदीले आयोजनास्थल सुरक्षाका बवषयमा कुनै सहमती नभएको बताउदै अन्य सहयोगका विषयमा मात्र छलफल भएको जानकारी गराउनुभयो । सन् २०२२ मा हुने विश्वकप फुटबलको सुरक्षाका लागि कतारले विभिन्न मुलुकसँग सुरक्षा पर्यवेक्षक र प्राविधिक तथा मेडिकल सर्पोटका लागि न्यून संख्यामा सुरक्षाकर्मी माग गरेको छ ।

खेल आयोजना हुने रंगशाला तथा खेलाडीको सुरक्षाका लागि कुनै मुलुकसँग सम्झौता नगरेको कतार फुटबल एसोसिएसनले पनि यसअघि नै बताईसकेको छ । घरेलु मैदानमा आयोजना हुने विश्व फुटबलको महाकुम्भलाई एउटा स्तरिय विश्वकपको रुपमा अघि बढाउने कतारको दाबी छ ।

तपाईको प्रतिक्रिया