Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

रामपुर, ३० कात्तिक । जापानी कम्पनीले पाल्पाको मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्य सहकारी संस्था लिमिटेड निस्दी–४ लाई उपहार स्वरुप मिनी स्काभेटर प्रदान गरेको छ ।

स्थानीयस्तरमा कृषियोग्य जमिनको व्यवस्थापन र सडक मर्मतमा राहत प्रदान गर्ने उद्देश्यले जापानको टोहोकु कुरोसावा केन्सेत्सु कम्पनी र हाशिमोटो केन्की कम्पनीले १९ किलोवाट क्षमताको ब्रेकरसहितको कोबेल्को कम्पनीकोे स्काभेटर प्रदान गरेको हो ।

सहकारीका सदस्य दमनसिं पाटा र व्यवस्थापक हेमबहादुर खाम्चालाई बिहीबार मित्यालमा आयोजित कार्यक्रम टोहोकु कुरोसावा केन्सेत्सु कम्पनीका सिओ साटो र हाशिमोटो केन्की कम्पनीका सिओ हासिमोटोले स्काभेटरको साँचो हस्तान्तरण गरे ।

उहाँहरूले पाल्पा जिल्लामा २० वर्षभन्दा बढी सेवा गरिसक्नुभएका जापानी नागरिक काजुमासा काकिमीको सहयोगमा आफ्नो आठ वर्षदेखिको उपहार दिने सोच बल्ल पूरा भएको बताए ।

कोबेल्को कम्पनीको विभिन्न उत्पादन नेपालमा प्रयोगमा हुँदै आएपनि यो उपकरण पहिलो पटक आएको कम्पनीले जनाएको छ ।
रासस

तपाईको प्रतिक्रिया