Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

बुटवल, ३० कार्तिक  । भारतबाट भन्सार छली नेपालतर्फ ल्याइएको सामान र गाडीसहित प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल भन्सार राजश्व सुरक्षा गुल्म भैरहवाले अवैधरुपमा भित्र्याइएका सामान र लु १ ज ३४२८ नम्बरको महिन्द्रा पिकअप गाडीसहित वशिष्ठ थारुलाई पक्रेको हो ।

बर्दघाट नगरपालिका–४, त्रिवेणीचोकमा चेकजाँच गर्ने क्रममा ६ लाख ४९ हजार भन्सार मूल्य बराबरको सामान बरामद भएको सशस्त्र प्रहरी नायव उपरीक्षक गोविन्दबहादुर खातीले जानकारी दिए । बरामद गरिएका वस्तु टेन्टलगायतका सामान प्रहरीले भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीको जिम्मा लगाएको छ ।

त्यसैगरी, नवलपरासीकै सरावल गाँउपालिका–१, बासाबसाहीबाट भन्सार छली ल्याइएका ५३ हजार ७ सय ५० मूल्य बराबरको लत्ताकपडा पनि प्रहरीले नियन्त्रणमा लिएर भैरहवा भन्सारको जिम्मा लगाएको छ ।

तपाईको प्रतिक्रिया