काठमाडौं, २२ भदौ २०७९ । दक्षिण कोरियामा आएको आँधीका कारण ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भूमिगत पार्किङमा रहेका नागरिक रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आँधीमा परेका २ जनाको जिवितै उद्धार गरिएको छ ।
दक्षिण कोरियामा भारी वर्षाका साथ आएको हिनामनोर आँधीका कारण जनजीवन प्रभावित भएको छ । हजारौं मानिस बिस्थापित भएका छन् ।
दक्षिण कोरियामा आएको यो आँधी यस वर्षकै शक्तिशाली आँधी हो ।