गौरादह, १२ भदौ २०७९ । झापाको कमल गाउँपालिका बाट सिटि सहित अवैध काठ प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार अन्दाजी १ः४५ बजेको समयमा कमल गाउँपालिका-५ सिम्ले स्थित बाट सिटि सहित अवैध काठ नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले प्र.१-०१-००१ ह ८०६० नं.को रोकि राखेको सिटिलाई शंका लागी चेकजाँच गर्दा १८ थान चिरान अवैध काठ ११.५४ क्यु.फिट फेला परेको थियो । सिटि सहित अवैध काठ नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी आज सेक्टर वन कार्यालय दमकमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।