Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

गौरादह, १ भदौ २०७९ । झापामा अवैध सामान नियन्त्रणमा लिइएको छ । १ लाख ८० हजार बराबरको अवैध सामान प्रहरीले बरामद गरि नियन्त्रणमा लिएको हो ।

हिँजो(मंगलबार)अन्दाजी ७ बजेको समयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका-६ गैरीगाँउबाट नेपाल देखि भारत तर्फ अबैध रुपमा लादैं गरेको ८० हजार बराबरको १२० केजि सुपारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

यस्तै, अन्दाजी ८ बजेको समयमा इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका-६ स्थितमा भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेको १ लाख बराबरको ५० बन्डल रजनिगन्धा बरामद गरी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भइरहेको प्रवक्ता पाठकले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया