Online Bichar
सोमबार, आषाढ १५, २०८३ | Monday, June 29, 2026
शान्ति सुब्बा
गौरादह, २९ कात्तिक । झापाको गौरादहमा मकै खेती सम्बन्धी १ दिने तालिम सम्पन्न भएको छ ।
गौरादह साना किसान महिला कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको कार्यक्रममा महिला र पुरुष गरि ५५ जना तालिममा सहभागिता रहेको थियो । तालिम गौरादह नगरपालिकाको वडा नं. १ को कार्यालयमा सम्पन्न भएको हो ।
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
तस्बिर: शान्ति सुब्बा

तालिममा कार्यक्रमका प्रमुख अतिथि प्रशिक्षक किसान कृषि वैज्ञानिक रामा श्रे शाहले सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो । उहाले तालिममा सहभागि किसानहरुले परम्परागत तरिका लाई छोडेर आधुनिक तरिकाले प्रविधिको प्रयोग बाट कसरी मकै खेती गर्न सकिन्छ साथै विषादी रहित अग्र्यानिक प्रविधिबाट कसरी खेती गर्ने भन्ने बारेमा जानकारी दिनुभएको थियो ।

तालिममा सहभागि सबैलाई संस्थाका तर्फबाट १/१ पाउका दरले उन्नत जातको मकैको बीउ वितरण गरिएको थियो । संस्थाकी अध्यक्ष तुलसा भुजेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । साना किसान महिला कृषी सहकारी संस्थामा आबद्ध शेयर सदस्यहरु  मध्ये अगुवा कृषकहरु लाई तालिम दिईएको थियो ।
किसानहरुलाइ मकै खेती गर्न सहजताका लागि तालिम आयोजना गरिएको अध्यक्ष भुजेलले बताइन् । साना किसान महिला कृषि सहकारी संस्थाकी उपाध्यक्ष हरिमाया अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थाकी कर्मचारी माया ढकालले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments