Online Bichar
सोमबार, आषाढ १५, २०८३ | Monday, June 29, 2026

काठमाडौं, २९ कात्तिक । अध्ययनका लागि अमेरिका जाने नेपालीको संख्या यो वर्ष १४ प्रतिशतले बढेको छ। अमेरिकी शिक्षा तथा संस्कृति मामिला ब्युरो र अन्तरराष्ट्रिय शैक्षिक आदानप्रदान कार्यक्रम(आईआईई)ले गरेको अध्ययनले नेपाली विद्यार्थीको संख्या उल्लेख्य बढेको देखाएको हो।

अध्ययनले अमेरिकामा विद्यार्थी अपूर्ति गर्ने देशमा उत्कृष्ट २५ भित्र परेको जनाएको छ। उक्त अध्ययन अनुसार अमेरिकमा प्रमाणपत्र तह९अन्डर ग्र्याजुएट०का विद्यार्थी आपूर्ति गर्ने देशमा नेपाल १०औ स्थानमा परेको छ।
सन २०१८मा १३ हजार २७० जना नेपाली अध्ययनका लागि अमेरिका पुगेको रिपोर्टमा औल्याइएको छ।

‘अमेरिकी नागरिकसंगै अध्ययन गर्ने विदेशी विद्यार्थी अमेरिकाका लागि ठूलो सम्पति जस्तै बनेका छन्,’ शैक्षिक तथा सांस्कृतिक ब्युरोका सहायक सचिव म्यारी रोयसले भनेका छन्,‘अन्तरराष्ट्रियस्तरको शिक्षाले हामीलाई अझै बलियो बनाउँदै लगेको छ।’ अध्ययनले विद्यार्थी आदान प्रदान कार्यक्रम र अन्य संस्थागत पहलले अमेरिकाले शिक्षा क्षेत्रमा प्रगति हासिल गरेको जनाइएको छ।शैक्षिक सत्र २०१७/१८मा अमेरिकी क्याम्पस तथा विश्वविद्यालयहरुले १० लाख विदेशीलाई भर्नाका लागि आह्वान गरेका थिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments