Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, २२ साउन २०७९ । झापामा अवैध सामान सहित पिकअप गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कचनकवल गाउँपालिका-४ स्थित नेपाल भारत सिमानाको दशगजा क्षेत्रमा नेपालबाट भारत तर्फ अबैध रुपमा भन्सार छलि लाँदै गरेको अवस्थामा शनिबार साँझ ६ बजेको समयमा २६ कार्टुन बियर सहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको हो ।

को १ च ६२३४ नं. को पिकअपबाट लादैं गरेको २६ कार्टुन बियर (९ कार्टुन गोर्खा बियर र १७ कार्टुन अर्ना बियर) साईन फिटो ( कोक) १ कार्टुन, स्प्राईट ३ बण्डल (१.५ लि.), कोकाकोला २ बण्डल (१.५ लि.) र पिकअप सहित ७ लाख ७८ हजार ६ सय बराबरको सामान सहित पिकअप चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

चालक इलामको देउमाई नगरपालिका-२  बस्ने २३ वर्षिय कपिल मगरलाई ईलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल बि.ओ.पि. केचनाबाट खटिएको सशस्त्रप्रहरी टोलीले पक्राउ गरी आवस्यक कारबाहीको लागि आज (आईतबार)भन्सार कार्यालय भद्रपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया