Online Bichar
आइतबार, बैशाख ०७, २०८२ | Sunday, April 20, 2025

काठमाडौं, ९ कार्तिक २०८१ । बारामा १४ किलो अवैध चाँदीसहित २ जना पक्राउ परेका छन्। प्रसौनी गाउँपालिका वडा-६ प्रस्टोका बस्ने ३३ वर्षीय सन्तोष शाह र जीतपुर सिमरा उपमहानगरपालिका-८ गमरगावा टोल बस्ने २७ वर्षीय सुरेश महतो शुक्रबार पक्राउ परेका हुन्।

उनीहरूलाई इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको टोलीले शुक्रबार बिहान ८ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ।

अमलेखगंजस्थित पथलैयाबाट हेटौटातर्फ जादै गरेको अवस्थामा शंकास्पद लागेर चेकजाँदा गर्दा मोटरसाइकलको ट्याङंकीभित्र फल्स बटम बनाइ लुकाएर चाँदीँ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

उनका अनुसार उक्त अवैध चाँदीको मुल्य २५ लाख ४ हजार ९५० रूपैयाँ बरारको छ। उनीहरूबिरूद्ध थप कानुनी कारबाही अगाडि बढाइएको डिएसपी सापकोटाले जानकारी दिए।

तपाईको प्रतिक्रिया