Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, १७ साउन २०७९ । झापाको गौरादह नगरपालिका-९ बैगुन्धुरा स्थित कमल खोलामा पौडी खेल्ने क्रममा डुबेर एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कमल गाउँपालिका-१ का डिल्ली प्रसाद खरेलको छोरा अन्दाजी १८ वर्षिय उज्वल खरेल रहेको प्रहरीले जनाएको छ ।

आज(मंगलबार)दिउँसो देखि बेपत्ता भएका खरेल अहिले सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । खरेल पौडी खेल्ने क्रममा डुबि बेपत्ता भएको आफन्तले अन्दाजी २ः२० बजेको समयमा अस्थायी प्रहरी चौकी बैगुन्धुरामा जानकारी गराउन साथ अस्थायी प्रहरी चौकी बैगुन्धुराबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा प्रहरी खटि गई खोज तलास कार्य भइरहेको र उक्त स्थानमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरिक्षकको कमाण्डमा ८ जना टोली समते खटि गएको जनाइएको छ ।

यस्तै, ४ः२० बजेको समयमा १ नं. प्रदेश विपद व्यवस्थापन कार्यालय चन्द्रगढीबाट कासिनाथ रेग्मीको कमाण्डमा १४ जना र सशस्त्र प्रहरी बल सुरक्षा बेशक्याम्प बैगुन्धुराबाट प्रहरी निरिक्षक टेक बहादुर कटुवालको कमाण्डमा ७ जना को टोली खटि गएको हालसम्म खोज तलास कार्य जारी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया