Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, १५ साउन २०७९ । झापामा लागुऔषध सहित गाडी र २ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका-६ का ३० वर्षिय पुरन राई र गाडीमा सवार सप्तरी बोदेबर्साईन नगरपालिका-५ घर भई हाल विर्तामोड नगरपालिका-१ भगवान चौकमा डेरा गरी बस्ने ३५ वर्षिय नागेन्द्र कुमार यादव रहेका छन् ।

यहि १३ गते शुक्रबार अन्दाजी ४ः३० वजेको समयमा मेचीनगर नगरपालिका६ काँकरभिट्टा स्थित इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले प्र. ३-०१-०२४ च ८००० नम्वरको गाडीलाई शंका लागि चेक जाँच गर्दा गाडी चालक राई गाडीमा सवार यादवको साथबाट गाडीमा लुकाई राखेको प्रतिबन्धित लागुऔषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ २ ग्राम ८०० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । गाडी र पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया