Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

झगेन्द्र खड्का
गौरादह, १५ साउन २०७९ । बालिमा बिषादीको प्रयोगलाई न्युनिकरण गरि उत्पादन बढाउन किसानलाई कृषि अभिमुखिकरण तालिम दिइएको छ। गौरादह जेसिजको आयोजनामा संचालन गरिएको तालिममा नगरपालिका भित्रका किसानहरु सहभागी भएका थिए। नगरपालिका भित्र रहेका कृषि समुहहरुबाट प्रतिनिधित्व हुने गरि ५० भन्दा बढी किसानहरुको उपस्थिति रहेको थियो।

वडा नं.१ को सभाहलमा संचालन गरिएको तालिममा नगरपालिका भित्र रहेका किसानहरुलाई खेतीमा आकर्षण बढाउन तालिम आयोजना गरिएको जेसिज क्रान्तिदिप काफ्लेले जानकारी गराए।किसानहरुले घामपानि सहेर दुस्ख कष्टका साथ खेती गरेपनि कतैबाट राहत नपाउदा किसानहरु निरास भएकाले किसानको आत्मामनोबल बढाउन तालिम संचालन गरिएको जेसिज काफ्लेको भनाइ छ।

ब्यापारीक दृष्टिकोणले गरिने खेती प्रणालीमा भिटामिन तथा बढी बिषादिको प्रयोग गरिदा मानव जीवनमा नराम्रो असर पर्ने भएकाले त्यसतर्फ किसानहरु सजक हुनुपर्ने कार्यक्रम संयोजक बिक्रम तिवारीले बताएका छन।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै तिवारीले पुरानो खेती प्रणालीबाट आधुनिक खेती प्रणालीको बिकास हुँदै गएकाले थोरै जमिनमा पनि उत्पादन बढाउदै बढी आम्दानी लिन सकिने भएकाले किसानहरुलाई निरास नहुन आग्रह गरेका छन।तालिममा सहभागी किसानहरुलाई गौरादह कृषि क्याम्पसका उप-प्राध्यापक  सुबोध खनालले सहिजिकरण गर्दै बिषादी प्रयोगको न्युनिकरण, उत्पादन बढाउने तरिका, आधुनिक खेती प्रबिधि, थोरै जमिनबाट बढी उत्पादन लिने तरिका, बिषादी प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु लगायतका बिषयमा प्रशिक्षण दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि गौरादह कृषि क्याम्पस प्रमुख कृष्णहरि देबकोटाले गौरादह नगरपालिका भित्र रहेका अधिकांश नागरिकहरु कृषिमा आश्रित रहेकाले बालिमा लाग्ने रोगको निराकरण गर्दै उत्पादन बढाई किसानको जीवन स्तर उकास्न समयसमयमा किसमनलाई तालिम दिन आवश्यक रहेको धारणा राखेका थिए। कार्यक्रममा पुर्वान्चल कृषि क्याम्पस प्रमुख अनिल कृष्ण प्रसाईं, गौरादह जेसिज बर्ष २०११ का अध्यक्ष एकराज घिमिरे लगायतले शुभकामना मन्तब्य राखेका थिए।गौरादह जेसिजकि अध्यक्ष बिनिता कटुवालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments