Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

नवलपरासीमा, २९ कात्तिक । बुटवल–दाङबाट काठमाडौका लागि छुटेको बस नवलपरासीमा दुर्घटना भएको छ ।

राप्ती यातायातको ना ६ ख ६२० नम्वरको बस नवलपरासीको पुरानो कावासोतीस्थित सडकमै पल्टिदा १६ जना यात्रू घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अबस्था गम्भीर छ ।

गम्भीर घाईतेलाई भरतपुर अस्पतालमा पठाईएको र अन्यको स्थानीय कालिका मेडिकलमा उपचार भइरहेको पूर्वी नवलपरासीका प्रहरी प्रमुख डिएसपी रमेश थापाले जानकारी दिए ।

यसअघि दाङबाट काठमाडौका लागि छुटेको बस नवलपरासीमै दुर्घट्ना भएको एकसाता पुगेको छैन ।

तपाईको प्रतिक्रिया