Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झगेन्द्र खड्का
गौरादह, १२ साउन २०७९ । नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले एमालेमा स्थायित्व, स्थिरता,स्वाभिमान, शान्ति कायम गरेर देश बिकास गर्ने क्षमता रहेकाले जनमानसमा एमालेको लहर चलेपछि प्रतिक्रियावादीहरु एक ठाउँमा उभिएर खुट्टा तानेको बताएका छन।

झापाको गौरादह-७ को दुर्गा सामुदायिक भवनमा नगर स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एउटै पार्टीमा रहेका नेता माधव नेपाल र प्रचण्डले आफ्नै नेतृत्वमा रहेको सरकारलाई काम गर्न नदिई घेराबन्दीमा पारेर सरकार लडाउन सहयोग गरेको बताएका छन। अहिले मुलुकमा जनताको शक्ति र प्रतिक्रियावादीको शक्ति बिच संघर्ष रहेको बताउदै नेता ओलीले सबै पार्टीहरु एक ठाँउमा उभदापनि एमालेलाई पछि पार्न नसकेको धारणा राखेका छन। स्थानीय निर्वाचनमा एमालेलाई हराउन सबै शक्तिहरु एकठाँमा उभिएर चारैतिरबाट आक्रमण गरेपनि एमाले ठुलो पार्टीका रुपमा स्थापित रहेको दाबी गरेका छन।एमालेको नेतृत्वमा बनेको सरकार हटाउन सर्वोच्च अदालत बाट परमादेश जारी भयोभने पार्टी फुटाउन निर्वाचन आयोगले पनि मौका दिएको बताएका छन।

एमालेले पार्टीबाट निस्कासन गरेका सांसदलाई सांसदिय पद्धति बिरुद्ध सभामुखले कायम राखेको बताएका छन। निर्वाचनमा एमाले पछाडि परेको भन्ने हुइम स्यालको हुइया रहेको भन्दै नेता ओलीले स्थानीय निर्वाचनमा अन्य पार्टी भन्दा एमालेले ६ लाख बढी मत ल्याएको बताएका छन। अब हुने प्रदेश र संघिय निर्वाचनमा एमालेलाई बिजय गराउन जनताका घर आगनमा पुगेर जनताका समस्या प्रति उत्तरदायी बन्न नेता कार्यकर्तालाई सुझाव दिएका छन। नेता हाकिम नभई जनताको सेवक रहेकाले बिनम्रताका साथ नम्र भएर मित्रता पुर्ण व्यावहार गर्दै जनताको मन जित्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन।

प्रदेश नं.१ का पुर्ब आन्तरिक मामिला तथा कानुन मन्त्री तथा पार्टीका स्थायी कमिटी सदस्य हिक्मत कुमार कार्कीले बिकास निर्माणका क्रममा एक आपसमा दोसारोपण गर्ने प्रबृत्तिको अन्त्य हुनुपर्ने धारणा राखेका छन। राम्रो काममा जसलिने र बिग्रिएमा अर्कालाई देखाएर पन्छिने प्रबृत्ति राम्रो नभएको बताएका छन।गौरादह नगरपालिकाका मेयर छत्रपती सुवेदीले नगरको बिकासमा भएका समस्या , चुनौती र अवसरका बारेमा जानकारी गराएका थिए। कार्यकर्ता भेटघाट कार्यक्रमका अवसरमा गौरादह-७ को दुर्गा सामुदायिक भवन समिति र गौरादह फर्निचर व्यावसायि सघंले अध्यक्ष ओली समक्ष ज्ञापनपत्र बुझाएका छन।

दुर्गा सामुदायिक भवनका तर्फबाट उपाध्यक्ष सूर्य प्रसाद दाहाल र फर्निचर व्यावसायिका तर्फबाट राजु दाहालले ज्ञापनपत्र बुझाएका छन।नगर स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रम पार्टीका गौरादह नगर अध्यक्ष मित्रदेब काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो। पार्टीका नगर सचिब जीवन कार्कीले कार्यक्रम संचालन गरेका थिए।

 

तपाईको प्रतिक्रिया