Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, ११ साउन २०७९ । झापाको कमलमा टिफरको ठक्करबाट एकजना साइकल यात्रीको मृत्यु भएको छ । टिफरको ठक्करबाट पाँचथर तुम्बेवा गाउँपालिका-५ बस्ने अन्दाजि १६ वर्षिय संजिप ईम्सङ लिम्बुको मृत्यु भएको हो । कमल गाउँपालिका-५ गिता पेट्रोल पम्प अगाडि आज(बुधबार)साँझ ५ः३० बजे टिफरले ठक्कर दिँदा उनको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको बागमति प्रदेश -०३-००१क२१२ नं.को टिफरले साइकल यात्रीलाई ठक्कर दिएको थियो । उक्त लासको मुचुल्का गरि पोष्टमार्टमको लागि दमक अस्पताल पठाइएको जनाइएको छ । टिफर र टिफर चालक मकवानपुर चुरेमाई नगरपालिका-५ बस्ने ३१ वर्षिय सुजन वाईवा प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया