Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ९ साउन २०७९ । भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

आज ९सोमबार० बिहान भएको दुर्घटनामा २० जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि लखनउमा लगिएको भारतीय संचार माध्यमले जनाएका छन् ।

भारतको बिहारबाट दिल्ली जाँदै गरेको बस एक-आपसमा ठोक्किएर दुर्घटना भएको हो । चालकको लापरबाहीका कारण दुर्घटना भएको आशंकामा अनुसन्धान थालिएको छ ।

भारतमा अधिकांश पुराना सवारी साधन र मर्मत सम्भार नगरिएको र सडक लगायतका कारण भारतमा सवारी दुर्घटना हुने गरेका छन् ।

 

तपाईको प्रतिक्रिया