Online Bichar
शनिबार, मंसिर १७, २०७९
Saturday, December 3, 2022

झापा, २ साउन २०७९। असार महिनामा प्रयाप्त वर्षा नहुँदा देशभर धान रोपाइँ प्रभावित भएको छ । असारमा हुनुपर्ने रोपाइँ गत वर्षको तुलनामा ११ प्रतिशत कम भएको छ । कृषि मन्त्रालयको तथ्यांक अनुसार असार अन्तिमसम्ममा देशभर कुल ९ लाख ७० हजार ४ सय ८४ हेक्टर क्षेत्रफल अर्थात कुल रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत रोपाइँ सकिएको छ ।

गत वर्ष यो अवधिमा ११ लाख २२ हजार ८ सय ७ हेक्टर क्षेत्रफल अर्थात ७६ प्रतिशत मा रोपाइँ सकिएको मन्त्रालयको भनाइ छ । कृषि विभागका अनुसार असार मसान्तसम्म मधेश प्रदेशमा ५७ र प्रदेश १ मा ४९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ।

हालसम्म बागमती प्रदेशमा ६५, गण्डकी र लुम्बिनी प्रदेशमा ७५, कर्णालीमा ५६ र सुदूरपश्चिम प्रदेशमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयको तथ्यांक उल्लेख गरिएको छ ।

 

तपाईको प्रतिक्रिया