Online Bichar
सोमबार, आषाढ १५, २०८३ | Monday, June 29, 2026

विराटनगर , २८ कात्तिक । मोरङको रंगेली नगरपालिका ३ को आनन्द इँटा भट्टामा कार्यरत मजदुरले गाँजाको कारोबार गरेको पाइएको छ ।

कारोबारमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा इँटा भट्टाका मजदुर भारतीय नागरिकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार भारत बंगालकुस विहार घर भई आनन्द इँटा भट्टामा काम गर्दै आएका ३० वर्षीय हेमन्त बर्मन अढाई किलोग्राम गाँजासहित पक्राउ परेका हुन् ।

‘बर्मन केही समयदेखि गाँजाको कारोवार गर्छन् भन्ने सूचना आएको थियो,’ कार्कीले भने, ‘त्यही सूचनाका आधारमा उनी बसेको ठाउँमा छापा मार्ने क्रममा अढाई किलोग्राम गाँजा फेला पर्यो ।’ नेपालकै पूर्वी पहाडी जिल्लामा अवैध रुपमा उत्पादन हुने गाँजा झिकाएर त्यहाँबाट स–साना पोका बनाएर बिक्री गर्ने धन्दामा बर्मनको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बर्मनविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments