Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

फिक्कल, २८ कात्तिक । बढदो सडक दुर्घटना न्युनिकरणका लागी इलाम ट्राफिकले अनुगमन कार्य तिव्र बनाएको छ । साघुरो बाटो र यातायातको चापका कारण दुर्घटना बढेको निक्यौल गर्दै फिक्कल ट्राफिकले आज मेची राजमार्गमा संचालन हुने यातायातमा राखिएका मुडा र अतिरिक्त सिट नियन्त्रणमा लिएको हो ।

फिक्कल प्रहरी चौकीका प्रहरी नायव निरिक्षक शुम्भु बस्नेतको नेतृत्वमा १ सय बढी साना सवारी साधन अनुगमन गर्दा २६ वटा मुडा र १३ वटा जोडिएका अतिरिक्त सिट नियन्त्रणमा लिइएको हो । सवारी अनुगमनकै क्रममा अवैध रुपमा भारतबाट ल्याउदै गरिएको २४ बोतल सिक्किमे रम समेत बरामद गरिएको बस्नेतले जानकारी दिए । अनुगमनकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने १० वटा सवारीसाधनबाट ५ हजार रुपैया राजस्व संकलन भएको छ ।

तपाईको प्रतिक्रिया