Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २७ चैत २०७८ । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले पूरै युरोप नै रुसको निशानामा रहेको भन्दै सचेत रहन अपील गरेका छन ।

आफ्नो नियमित सम्बोधनको क्रममा राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणको निशाना युक्रेनमा मात्र सीमित नरहेको भन्दै पूरा युरोप नै जोखिममा परेको दावी गरेका हुन् ।

यसअघि राष्ट्रपति जेलेन्स्कीले रुसी उर्जामा पूर्ण प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रसँग आग्रह गरेका थिए । साथै युक्रेनलाई थप हतियार सहितका सैन्य सहयोग गर्न समेत माग गरेको थिए । युक्रेन संघर्षपूर्ण लडाईका लागि तयार रहेको समेत राष्ट्रपति जेलेन्स्कीले बताएका छन ।

युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले यो युद्धमा जित युक्रेनकै हुने ठोकुवा समेत समेत गरेका छन ।

 

तपाईको प्रतिक्रिया