Online Bichar
शनिबार, माघ १२, २०८१ | Saturday, January 25, 2025

काठमाडौं, २७ चैत २०७८ । पाँच दलीय गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिले स्थानीय तह निर्वाचनमा हुने तालमेलको मोडालिटी टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई दिने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (आइतबार) बसेको समितिको बैठकमा तल्ला तहबाट आएका सुझावमा छलफल गर्दै ती सुझाव र प्रतिवेदनहरू शीर्ष तहको बैठकमा पेश गर्ने निर्णय गरेको हो । स्थानीय तह निर्वाचनका विषयमा तालमेलबारे निर्णय गरेर पठाउने म्याद पनि समितिले थप गरेको छ । सोमबार ९ बजे शीर्ष तहमा बसेर निष्कर्षमा पुग्ने बैठकमा सहभागी नेताहरुले बताएका छन् । बैठकमा तल्लो तहबाट आएका धेरै प्रतिवेदनमाथि छलफल भएको थियो ।

अधिकांश स्थानीय तहबाट प्रतिवेदन आएको नेताहरुले बताएका छन् । सोमबारको बैठकबाट कसरी अघि बढ्ने भन्ने ठोस निर्णय हुने उनीहरुको भनाइ छ ।

सरकारमा रहेको पाँच दलले स्थानीय निर्वाचनमा गठबन्धन कायम राख्न काँग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति बनाएको थियो ।

 

तपाईको प्रतिक्रिया