Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

अनलाइनविचार संवाददाता

गौरादह, २७ चैत २०७८ । झापाको गौरादहमा चट्याङ लागेर एक महिलाको ज्यान गएकोे छ । गौरादह नगरपालिका-५ कार्की चौक कि ४० वर्षिया मनमाया थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो ।

घरैमा बसेर काम गरिरहेको बेला आईतबार(आज) दिउँसो हावाहुरी, पानी सँगै आएको चट्याङ लागेर उनको मृत्यु भएको जनाइएको छ । झापामा आज दिउँसो आएको हावाहुरी पानी सँगै आएको चट्याङबाट समाचार तयार पार्दा सम्म यो एक घट्ना बाहेक अन्य कुनै घट्नाको जानकारी नआएको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया